फालेलुङमा पर्‍यो हिउँ

पुस २४, २०८१

लक्ष्मी गौतम

Snow fell in Falelung

पाँचथर — पाँचथरको फालेलुङसँगै आसपासका क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेको छ । मंगलबार साँझ फालौट, चारराते,तीनसिमाना, सुर्केथामसँगै इलाम पाँचथरको सीमावर्ती सन्दुकपुर क्षेत्रमा हिउँ परेको हो ।

Snow fell in Falelung

यी क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेको चाररातेका पर्यटन व्यवसायी डिल्ली केरुङले जानकारी दिए । केरुङका अनुसार हिउँ परेपछि यस क्षेत्रका चौँरीखर्क सेताम्मे भएका छन् । बिहान उज्यालो हुनासाथ घाम लागेकाले चौँरीका बथान हिउँले ढाकेका चौरमा निस्कँदा निकै रमणीय देखिएको थियो ।

Snow fell in Falelung

साँझ ७ देखि ९ बजेसम्म हिउँ परेको थियो । करिब १ एक फिटसम्म हिउँ जमे पनि बिहानै मौसम खुलेपछि डाँडामा भने पग्लिने क्रम पनि सुरु भएको छ । हिउँसँगै हल्का वर्षा भएकाले पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा झनै चिसो बढेको छ ।

Snow fell in Falelung
Snow fell in Falelung
Snow fell in Falelung
Snow fell in Falelung
Snow fell in Falelung
Snow fell in Falelung

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully