काठमाडौँ — गत असोजको भारी वर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको च्यासल रंगशाला अझैसम्म पुननिर्माण भइसकेको छैन । बाढी र डुबानले मैदानको खोलापट्टिको संरचना भत्काएको थियो भने चौरमा माटोले पुरिएर खण्डहर बनेको थियो ।
बाढीले क्षति भएको तीन महिनापछि अहिले मैदानको मर्मत सम्भारको काम भइरहेको छ । राष्ट्रिय खेलकूद परिषद्ले करिब पाँच वर्ष लगाएर सन् २०२१ मा यो मैदान निर्माण गरेको थियो । दशरथ रंगशालाको विकल्पकोरुपमा व्याख्या गरिएपनि अझैसम्म मैदानको वाग्मती किनारतर्फको प्यारापिट नै बनेको थिएन । यसवर्ष बाढीले थप क्षति पुर्याएपछि मैदानको निर्माण थप खर्चिलो बनेको छ ।
![Chassall Stadium Under Renovation [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/chyasalfootballgroundfewmontafterflood202501041339-0512025053249-1000x0.jpg&w=1001&h=0)
![Chassall Stadium Under Renovation [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/chyasalfootballgroundfewmontafterflood202501041347-0512025053439-1000x0.jpg&w=1001&h=0)