ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग
काठमाडौँ — 'सबै पोसाकको सम्मान : नेपाली टोपी नेपाली पहिचान' भन्ने नाराका साथ बुधबार १२ औं राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइएको छ । नेपाली टोपी लगाएर काठमाडौंको बसन्तपुरमा जम्मा भएका युवाहरूले नाचगानसहित उक्त दिवस मनाएका हुन् ।
जागरुक युवा अभियान नेपालको संयोजनमा भएको कार्यक्रममा युवाहरूले नेपाली पहिचानकोरुपमा रहेका दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोली लगाउन र संरक्षण गर्नुपर्ने आह्वान गरेका छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोलीलाई राष्ट्रिय पोसाकबाट हटाएपछि यी पोसाक ओझेलमा परेको भन्दै उनीहरूले ढाकाटोपी, भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै आफूहरूले बर्सेनि यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताए । विगत ११ वर्षदेखि नेपालमा हरेक वर्ष जनवरी १ लाई राष्ट्रिय पोसाक तथा टोपी दिवसकारुपमा मनाउने गरिएको छ ।
![Celebrating Hat Day [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/topidiwashbasantapur202501011299-0112025045656-1000x0.jpg&w=1001&h=0)
![Celebrating Hat Day [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/topidiwashbasantapur202501011305-0112025045756-1000x0.jpg&w=1001&h=0)