ल्होसारै आशीमाला [तस्बिरहरू]

पुस १५, २०८१

अंगद ढकाल

Lhosarai Ashimala [Photos]

काठमाडौँ — तमु (गुरुङ) समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाउँदै छन् । गुरुङ समुदायले गरुड वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् ।

Lhosarai Ashimala [Photos]

तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै पुस १५ लाई ल्होसार (नयाँ वर्ष) का रूपमा मनाउँदै आएका छन्। ल्होसार पर्वकै अवसरमा काठमाडौंको बसन्तपुर हुँदै टुँडिखेलसम्म मौलिक भेषभूषासहितको र्‍याली निकालिएको छ ।

Lhosarai Ashimala [Photos]

र्‍यालीमा गुरुङ संस्कृति र परम्परा झल्काउने झाँकीहरू समेत प्रदर्शन गरिएको छ । शिरमा लावा, शिरफूल, गलामा कण्ठमाला, जन्तर, लुङ्गी–चोली, पछ्यौरी, घलेकले सजिएका युवती तथा भाङ्रा, भोटो, कछाडसहित टुँडिखेलमा सहभागी युवा–युवतीहरूले निकै रौनकताका साथ ल्होसार मनाइरहेका छन् । उनीहरूले गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित ठाडो भाका, चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन गुञ्जाइरहेका छन् ।

Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]
Lhosarai Ashimala [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully