त्रिविको स्वर्ण दीक्षान्तमा रौनकता [तस्बिरहरु]

पुस १३, २०८१

दीपक केसी

Roankata at the Golden Convocation of Trivi [Photos]

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले स्वर्ण दीक्षान्त समारोह शनिबार काठमाडौंको दशरथ रंगशालामा सम्पन्न गरेको छ । ५० औं दीक्षान्त समारोहबाट ७४ हजार १ सय ४९ जना छात्रछात्रालाई दीक्षित गरिएको रजिष्ट्रार केदार रिजालले जनाए । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली, शिक्षामन्त्री तथा सहकुलपति विद्या भट्टराई लगायतको उपस्थितिमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी तह पूरा गर्ने विद्यार्थीलाई शैक्षिक उपाधि प्रदान गरिएको हो ।

Roankata at the Golden Convocation of Trivi [Photos]

मेडिकल, इन्जिनियरिङ, विज्ञान व्यवस्थापन, मानविकी, कानुन, शिक्षा, कृषि, वन विज्ञान संकाय र विषयमा अध्ययन पूरा गरेका विद्यार्थी समारोहमा सहभागी थिए । गाउनसहित उपस्थित विद्यार्थी र तीनका अभिभावकका कारण स्वर्ण दीक्षान्त समारोह स्थलमा रौनकता छाएको थियो । १४ हजार ३ सय ८ जना विद्यार्थीले समारोहमा सहभागी हुन आवेदन दिएर गाउन लिएका थिए । तीनका अभिभावक, अतिथि र पाहुना गरी ५० औं दीक्षान्त कार्यक्रममा २० हजारभन्दा बढीको सहभागिता रहेको त्रिविले जनाएको छ ।

Roankata at the Golden Convocation of Trivi [Photos]
Roankata at the Golden Convocation of Trivi [Photos]

स्नातक पूरा गरेका ५३ हजार ६ सय ८२, स्नातकोत्तर तहका २० हजार १ सय ३५, एमफिलका १ सय ७८ र विद्यावारिधी पूरा गरेका १ सय ५४ जना दीक्षित भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए । तीमध्ये ५९ हजार १ सय १६ जना विद्यार्थी साधारण धार र १५ हजार ३३ जना प्राविधिक धार तर्फका विद्यार्थी थिए । बुहविश्वविद्यालय अवधारणाअन्तर्गत देशभर २२ वटा विश्वविद्यालय सञ्चालनमा रहे पनि ७८ प्रतिशतभन्दा बढी विद्यार्थीको भार त्रिविमा रहँदै आएको छ ।

Roankata at the Golden Convocation of Trivi [Photos]
Roankata at the Golden Convocation of Trivi [Photos]

५० औं दीक्षान्तको अवसरमा त्रिविले समयानुकूल शैक्षिक कार्यक्रम, पाठ्यक्रम निर्माण, सोहीअनुसार अध्ययन/अध्यापन तथा अनुसन्धान र प्रविधिको उच्चतम प्रयोग गरी देशीविदेशी विद्यार्थीलाई आकर्षण गर्ने जनाएको छ ।समारोहमा प्रमुख अथिति कृषि अर्थशास्त्री डा. रामप्रकाश यादवले दीक्षित हुने विद्यार्थीलाई इमानदारिता र लगनशिलता नै सफलता हात पार्न सकिने सुझाव दिए । प्रधानमन्त्री ओलीले शिक्षा र सिपलाई समाजको भलाईमा प्रयोग गर्न दीक्षित छात्रछात्रलाई आग्रह गरे । ‘पीएचडी गरे पनि अध्ययन कहिल्यै पूरा हुँदैन । व्यवहारमा लागू गर्दै ज्ञानलाई नवीकरण गर्नुपर्छ,’ उनले भने, ‘विश्वविद्यालयबाट प्राप्त ज्ञान र सिपलाई समाजको भलाईमा समुचित प्रयोग गर्नुहोस् ।’

Roankata at the Golden Convocation of Trivi [Photos]
Roankata at the Golden Convocation of Trivi [Photos]
Roankata at the Golden Convocation of Trivi [Photos]
Roankata at the Golden Convocation of Trivi [Photos]

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully