काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदान परिसरमा दर्शकको भीड लागेको छ । खेल सुरू हुनुअघि मैदान छिर्न दर्शकहरूको तँछाडमछाड चलेको हो । प्रहरीलाई दर्शकको भीड व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।
एनपीएलको पहिलो संस्करणको उपाधिका लागि शनिबार त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ ।
अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।