We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Sudurpaschim Royals defeated Janakpur Bolts by 8 wickets on Wednesday and reached the final of Nepal Premier League (NPL) Cricket. After veteran opening batsman Vinod Bhandari scored a half-century, Sudurpaschim completed the target of 140 runs in 18.3 overs in Qualifier 1 at the Trivi Cricket Ground, Kirtipur.
भण्डारीले ५५ बल खेली ३ चौका र ३ छक्कासहित अविविजित ५८ रन बनाए । सैफ जैबसँग पहिलो विकेटका लागि ८ ओभर भित्र ५६ रन जोडेका भण्डारीले ब्रान्डन म्याकमुलेनसँग दोस्रो विकेटमा ५९ रनको साझेदारी गरे । जैबले २१ बल खेलि ३ चौका र २ छक्कासहित ३२ तथा म्याकमुलेनले १९ बल खेली समान १ चौका र छक्काका साथ २३ रन बनाए ।
कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा १ चौका र १ छक्का प्रहार गरी २१ रनमा अविजित रहे । किशोर महतो र ललित राजवंशीले जनकपुरबाट १–१ विकेट लिए ।यसअघि जिम्मी निशमले २३ बलमा ४५ रन बनाए पनि टस जितेर ब्याटिङ रोजेको जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सकेको थियो । निशमले फेरि एउटा आक्रामक इनिङ्स खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर लाहिरु मिलान्था १४ बलमा १२ रन बनाई दीपेन्द्रको बलमा एलबीडब्लू आउट भए । नियमित कप्तान अनिल साह घाइते रहेको अवस्थामा जनकपुरको नेतृत्व गरिरहेका मार्की खेलाडी आसिफ शेखले १० बल खेली २ चौकासहित ११ रनमात्र बनाउन सके ।
शुभ कंसाकारले २४ बलमा ४ चौका प्रहार गरी २६ रन बनाए । हर्ष ठाकर १२, अरनिको यादव ११, मोहम्मद मोहसिन र शेर मल्ल समान ३ तथा किशोर महतो २ रनमा आउट भए । आकाश त्रिपाठी ४ रनमा अविजित रहे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २९ रनमात्र खर्चेर ३ विकेट लिए । सैफ जैबले ३ ओभरमा २० रन खर्चेर २ तथा स्कट कुग्लेन र अविनाश बोहराले १–१ विकेट लिए ।
![Crowds at Trivi Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/npl1stqualifiersudurpaschimvsjanakapur20-18122024015110-1000x0.jpg&w=1001&h=0)
![Crowds at Trivi Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/npl1stqualifiersudurpaschimvsjanakapur10-18122024014854-1000x0.jpg&w=1001&h=0)
![Crowds at Trivi Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/npl1stqualifiersudurpaschimvsjanakapur16-18122024015017-1000x0.jpg&w=1001&h=0)
![Crowds at Trivi Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/npl1stqualifiersudurpaschimvsjanakapur15-18122024015003-1000x0.jpg&w=1001&h=0)