काठमाडौँ — काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पीएल सिंहलाई विभिन्न दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । सिंहलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टी कार्यालयमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतका व्यक्तिको उपस्थिति थियो ।
पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । विसं १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं नगरपालिका प्रमुखमा निर्वाचित हुन् । उनकै कार्यकालमा २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
![Tribute to former Kathmandu Mayor Singh [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/politics/leadersshradanjaliplsingcongresspartyofficesanepa202412161068-16122024115359-1000x0.jpg&w=1001&h=0)
![Tribute to former Kathmandu Mayor Singh [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/politics/leadersshradanjaliplsingcongresspartyofficesanepa202412161067-16122024115347-1000x0.jpg&w=1001&h=0)