ताप्लेजुङमा यसरी मनाइयो चासोक तङ्नाम र साकेला [तस्बिरहरु]

मंसिर ३०, २०८१

आनन्द गौतम

This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]

ताप्लेजुङ — लिम्बू, राई, सुनुवार लगायतका जातजातिले आइतबार उद्यौली पर्व, चासोक तङ्नाम मनाएका छन् । सदरमुकाम फुङलिङमा शुभकामना आदानप्रदान, झाँकी प्रदर्शन र र्‍यालीलगायत कार्यक्रम गरी चासोक तङनाम मनाइएको हो ।

This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]

धान, कोदो, मास, मस्याङ लगायतका नयाँ अन्नबाली प्रकृतिलाई चढाएर चासोक तङनाम मनाउने प्रचलन छ । यो दिन छेलो, धनुकाण हान्ने खेलहरु हुने गरेका छन् । धान नाच, च्याब्रुङ नाच लगायतका लिम्बू समुदायका लोकप्रिय नृत्य पनि प्रस्तुत गर्ने गरिएको छ । राईले साकेला र सुनुवारले चण्डी नाच्ने प्रचलनलाई निरन्तरता दिँदै पर्व मनाइएको हो ।

This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]

प्रकृतिपुजक किरात समुदायले नयाँ पाकेको अन्नबाली चढाएर मात्रै खानुपर्ने मान्यता राख्ने गरेका छन् । घरघरमा यसअघि नै चढाए पनि सामूहिकरुपमा आइतबार चढाइएको किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङ्वा बताउछन् । कतिपयले नयाँ अन्नबाली पाकेकै बेला मनाउने भन्दै गत मंसिर १ गते पनि सामूहिक रुपमा मनाएका थिए ।

This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]

न्वागी अर्थात् उधौली पूजा भनेर पनि चिनिने यो पर्व बालीनाली भित्र्याउने बेलामा मान्ने गरिन्छ । लिम्बू भाषामा ‘चासोक’को अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ उत्सव वा चाडपर्व हुन्छ । मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दीरा मेन्याङ्बो बताउँछिन् ।

This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]
This is how Chasok Tangnam and Sakela were celebrated in Taplejung [Photos]

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully