लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं १० दिने शाक्यमोन्लम पूजा सुरु भएको छ । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै शाक्यमोन्लम पूजा सुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा पछिल्लो ८ वर्षयता लुम्बिनीमा आयोजना गर्न रोकिएको थियो ।
४१ औं शाक्या गोङ्मा ट्रिचेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोष उपाध्यक्ष डा ल्हारक्याल लामाले १० दिने मोन्लम पूजा धार्मिकविधि पूर्वक शुभारम्भ गरेका हुन् । यो पूजा पुस २ गतेसम्म चल्नेछ ।

