लुम्बिनीमा १० दिने विश्व शान्ति शाक्यमोन्लम पूजा सुरु

मंसिर २४, २०८१

मनोज पौडेल

10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं १० दिने शाक्यमोन्लम पूजा सुरु भएको छ । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै शाक्यमोन्लम पूजा सुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा पछिल्लो ८ वर्षयता लुम्बिनीमा आयोजना गर्न रोकिएको थियो ।

10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini

४१ औं शाक्या गोङ्मा ट्रिचेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोष उपाध्यक्ष डा ल्हारक्याल लामाले १० दिने मोन्लम पूजा धार्मिकविधि पूर्वक शुभारम्भ गरेका हुन् । यो पूजा पुस २ गतेसम्म चल्नेछ ।

10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini

‘विश्वकै प्रतिष्ठित तथा ठूला गुरुको उपस्थितिमा लुम्बिनीमा शाक्यमोन्लम पूजा हुनु गौरबको विषय हो,’ उपाध्यक्ष लामाले भने, 'यसले लुम्बिनीको पवित्रता र अध्यामिकता विशवभरि फैलिएको छ । आठ वर्षसम्म भारतमा गरिएको पूजा यो पटक लुम्बिनीमा भएको छ ।'

10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini

पूजामा विभिन्न मुलुकका एक सय ५० बढी लामा, भिक्षु भिक्षुणी र उपासक उपासिका सहित ५ सय स्वदेशी लामा, भिक्षीभिक्षुणी, उपासक उपासिका सहभागी छन् ।

10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini
10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini
10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini
10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini
10-day Vishwa Shanti Shakyamonlam Puja begins in Lumbini

मनोज पौडेल

Link copied successfully