काठमाडौँ — भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । वाङचुक आज बिहान नेपाल आइपुगेका थिए । उनी भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका थिए । उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
![On Bhutanese King Boudhanath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/bhutani-rajabouddha-3-06122024081843-1000x0.jpg&w=1001&h=0)