काठमाडौँ — आज डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिवस १९९२ देखि संयुक्त राष्ट्रसंघको पहलमा अपांगता भएका व्यक्तिको अधिकार, सम्मान र समावेशी समाजको महत्त्वलाई उजागर गर्नका लागि मनाउन थालिएको हो ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको कुल जनसंख्याको २.२ प्रतिशत अर्थात् ६ लाख ४७ हजार ७ सय ५५ जना अपांगता भएका व्यक्ति छन् । सन् २०१० मा नेपालले अपांगता भएका व्यक्तिका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धि अनुमोदन गरिसकेको छ । महासन्धिअनुसार नै नेपालको संविधानमा अपांगता भएका व्यक्तिलाई सामाजिक न्याय, शिक्षाको हक, समानताको हक, विभेदविरुद्धको हक, राज्यका निर्देशक सिद्धान्त र राजनीतिक अधिकारका बारेमा सम्बोधन गरिएको छ । तर कार्यान्वयनको अवस्था भने निकै नाजुक छ ।
![Public Structures Not Disabled Friendly [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/international-day-of-disabilities-11-03122024012122-1000x0.jpg&w=1001&h=0)
![Public Structures Not Disabled Friendly [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/international-day-of-disabilities-9-03122024012058-1000x0.jpg&w=1001&h=0)