सोमबार करिब ९ हजार टिकट बिक्री
काठमाडौँ — अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू सहभागी नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटप्रेमीहरूबीच उत्साह ल्याएको छ । शनिबार उद्घाटन खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भरिएको मात्र थिएन, मैदानबाहिरबाट हेर्नेहरूको खेल हेर्नेहरूको पनि घुइँचो थियो । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेलमा दर्शकबीच ठेलमठेल हुँदा केही घाइते समेत भएका थिए ।
त्यस्तै सोमबार काठमाण्डु गुर्खाज र चितवन राइनोज तथा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेलमा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार सोमबार भीआईपीतर्फ ८ सय र साधारणतर्फ करिब ८ हजार २ सय टिकट बिक्री भएको थियो । भीआईपीतर्फको टिकटदर ७ सय रुपैयाँ र साधारणतर्फ ३ सय रुपैयाँ तोकिएको छ ।
![Spectators' excitement at NPL [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/karnalivsjanakpurnpl16-02122024014515-1000x0.jpg&w=1001&h=0)
![Spectators' excitement at NPL [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/karnalivsjanakpurnpl15-02122024014504-1000x0.jpg&w=1001&h=0)