कपिलवस्तु — स्थानीय तह उपनिर्वाचनअन्तर्गत शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि आइतबार बिहानदेखि मतदान भइरहेको छ । मतदाताले बिहान ७ बजेदेखि नै मतदान गरिरहेका छन् ।
आधारभूत विद्यालय अन्राठमा 'क' र 'ख' गरी दुई केन्द्र र पूर्ण केशर मावि बगदी तथा बिकुली पश्चिम डिहको मदर्साका 'क' र 'ख' केन्द्रमा शान्तिपूवर्क मतदान भइरहेका छन् । निर्वाचनमा वडाध्यक्षका लागि १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । कुल ४ हजार ८६८ मतदाता रहेका छन् । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचनका लागि ढुक्कसंग मतदान गर्न सुरक्षाको व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । यहाँ ३ मतदान केन्द्र र ६ मतदान स्थल रहेका छन् । बिहान ९ बजेसम्म सबै मतदान केन्द्रमा गरी ६ सय ५५ मत खसेको छ ।
![Voting in Kapilvastu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/upnirbachan-ullasmanoj-photo2-01122024045611-1000x0.jpg&w=1001&h=0)
![Voting in Kapilvastu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/upnirbachan-ullasmanoj-photo11-01122024050132-1000x0.jpg&w=1001&h=0)