बेइजिङ — चीनको सिचाङ (तिब्बत) को आली प्रिफेक्चरमा पर्ने छोछिन् काउन्टीमा भेडाहरूको सौन्दर्य प्रतियोगिता आयोजना गरिन्छ । त्यहाँको नाम्छो ताल नजिकै ‘काश्मिरी गोट ब्रिडिङ फार्म’ले हालै चौँथो कश्मिरी भेडाबाख्रा सौन्दर्य प्रतियोगिता आयोजना गर्यो। सौन्दर्य प्रतियोगितामा २४ वटा भेडाहरूले भाग लिए।
मञ्चमा उभ्याइएका यी भेडाहरूलाई प्रजनन् फार्मका निर्णायकहरूले प्रत्येकको रूप, तौल, उचाइ, लम्बाइ र कश्मिरी सुन्दरता जस्ता पाँचवटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छन्। प्रतियोगितामा स्यातोङ गाउँ, तास्योङ टाउनशिपको भेडाले १ हजार युआनको बोनस प्राप्त गरी विशेष पुरस्कार प्राप्त गर्न सफल भयो।यस प्रतियोगिताबाट किसानहरूको आत्मबल बढाइएको छ भने भेडापालनमा नमूना गाउँको भूमिका खेल्न र प्रजननलाई अझ बढाउन प्रेरणा दिने स्थानीय किसानहरू बताउँछन्। यी भेडाहरूको रौंबाट बहुमूल्य कश्मिरी कपडा उत्पादन हुने भएकाले यसलाई नरम सुन भन्ने उपनाम दिइएको छ। छोछिन काउन्टी आली प्रिफेक्चरमा बैजनी कश्मिरी भेडाबाख्राहरूको संख्या ठूलो रहेको एक मात्र काउन्टी हो। यहाँ १ लाख २७ हजारभन्दा बढी उन्नत बैजनी कश्मिरी भेडासहित ४ वटा प्रजनन गृह छन्। यस वर्ष मात्रै कश्मिरी २४ टन उत्पादन भएको जनाइएको छ।
![Sheep Beauty Pageant [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/800-yuan-2982024113216-1000x0.jpg&w=1001&h=0)
![Sheep Beauty Pageant [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/weixin-image20240829163252-2982024113243-1000x0.jpg&w=1001&h=0)