काठमाडौँ — तुवाँलो, हावाहुरी र औद्योगिक प्रदूषणका कारण आइतबार दिनभर काठमाडौं उपत्यकाको आकाश धुम्म रह्यो । डढेलोबाट निस्किएको धुँवा, हावाहुरीसँगै उड्ने धुलोका कण र शहरको प्रदूषणका कारण उपत्यकाको आकाश नै प्रदूषित बनेको हो । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको छ ।
प्रदूषित सहरको सूचीमा थाइल्याण्डको चियाङ माइ दोश्रो, बंगलादेशको ढाका तेश्रो, कम्बोडियाको नोम पेन चौँथो र भियतनामको हनोइ पाँचौँ स्थानमा छन् । आइतबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक (एक्यूआई) १८० पुग्यो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।
![Polluted Valley [Photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/pollutionktm01-0742024034134-1000x0.jpg&w=1001&h=0)
![Polluted Valley [Photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/pollutionktm02-0742024034125-1000x0.jpg&w=1001&h=0)