काठमाडौंमा सहकारी पीडितको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सहकारीपीडितहरूले काठमाडौंको भृकुटीमण्डपमा बिहीबार प्रदर्शन गरेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडितहरु लामो समयदेखि आन्दोलरत छन् ।


प्रकाशित : चैत्र १, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्