कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

सरकारविरुद्ध युवा संघको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा शनिबार प्रदर्शन गरेको छ । गाईभैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रण, सहकारी पीडितको माग सम्बोधन तथा सुन प्रकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै युवा संघले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । सहभागीले 'सुन तस्करलाई पक्राउ गर,' 'सहकारीपीडितलाई न्याय दे,' 'पशु बिमा कार्यक्रमलाई पुन: सुचारु गर' लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।


प्रकाशित : श्रावण २०, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्