२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

श्रमिकलाई झरी न बादल

तस्बिर : दीपक केसी

काठमाडौँ — सोमबार १ मे अर्थात् मे दिवस । श्रम गरेर हातमुख जोड्ने मजदुरका हक, अधिकार प्राप्तिका लागि संघर्षलाई स्मरण गराउने यो दिनमा नेपालसहित विश्वभर कार्यक्रम गरी मनाइँदैछ । विभिन्न संघसंस्थाले श्रमिक दिवस मनाइरहँदा मजदुरहरू भने आफ्नै दैनिकीलाई निरन्तरता दिन बाध्य छन् । उनीहरूलाई यस्ता दिवसले विरलै छुनेगर्छ । उनीहरूका दु:खकष्ट उस्तै छैन ।

काठमाडौंमा पनि श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहँदा मजदुरी गरेर जीविका चाल्नेहरू भने झरीमा रुझेर काम गरिरहेको दृश्य देखियो । काठमाडौंको सडकमा सफाइ मजदुरदेखि मकै पोल्ने र निर्माण मजदुरसम्मले मे दिवसका दिन काम गरिरहेका छन् । त्यस्तै विद्यालय जाने उमेरका बालबालिकासमेत बाटोमा सामान बिक्री गरिरहेका छन् ।

संगठित रूपमा रहेका मजदुरका लागि विभिन्न संगठनले आन्दोलन गर्दै आएका छन् । तर कृषि, दैनिक ज्यालादारीका कामलगायतमा रहेका असंगठित मजदुरका हकमा केही काम हुन नसकेको गुनासो व्याप्त छ ।

प्रकाशित : वैशाख १८, २०८० १५:००
प्रतिक्रिया
पठाउनुहोस्