१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

राष्ट्रपतिको कदमविरुद्ध विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी गैरसंवैधानिक कदम चालेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेपाल कमर्स क्याम्पसका विद्यार्थीहरुले बुधबार मिनभवनमा राष्ट्रपतिको पुतला जलाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालो ब्यानर, प्लेकार्डसहित राष्ट्रपतिको कदमविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

विद्यार्थीले पुतला दहन गर्न लाग्दा प्रहरीले हस्तक्षेपको प्रयास गरेको थियो । सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ । राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धनलगायत विभिन्न क्षेत्रबाट विरोध भइरहेका छन् । संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने विषयमा राष्ट्रपतिको भूमिकासम्बन्धी व्यवस्था छ ।


प्रकाशित : आश्विन ५, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्