कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जुजु धौ बनाउन भ्याइनभ्याइ

तस्बिर : इलिट जोशी

काठमाडौँ — भक्तपुरका स्थानीय व्यवसायीलाई जुजु धौ (दही) बनाउन भ्याइनभ्याइ छ । असार १५(बुधबार) का दिन दही निकै खपत हुने हुँदा यतिबेला उनीहरुलाई काम सक्न हम्मेहम्मे छ । देशभर असार १५ का दिन दही चिउरा खाने चलन छ । यस्तैमा भक्तपुरको सैंजु जुजु धौ भण्डारका रामेश्वर सैंजु र उनका दुई जना भाउजु दही बनाउन व्यस्त छन् । उनीहरुले बुधबारका लागि मात्र ६ हजार लिटर दही तयार पारिसकेका छन् । दहीको माग अत्यधिक हुने हुँदा दुई दिनअघिदेखि नै असार १५ का लागि दही बनाउन सुरु गरेको उनले सुनाए ।

परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहने सैंजु बताउँछन् । दहीको माग धेरै आएपनि आफ्नो क्षमताभन्दा बढी बनाउन नसकिने भन्दै अर्डर नलिएको उनले सुनाए । सैंजु भण्डारमा बनेको दहीको मुख्य बजार पाटन हो । प्रविधिको प्रयोगबाट धेरै बनाउन सकेपनि परम्परालाई छोड्न नमिल्ने उनी सुनाउँछन् ।अहिले १ लिटर दही प्लास्टिक डब्बाको २२० रुपैयाँ, माटोको भाडाको २३० रुपैयाँ र कपको ४५ रुपैयाँमा बिक्री हुन्छ । घरमै दही लिन आउनेलाई ५/१० रुपैयाँ कम हुने उनले सुनाए । जुजु धौलाई नेपालीमा ‘राजा दही’ भन्ने गरिन्छ ।


प्रकाशित : असार १४, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्