काठमाडौँ — यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्न ताकेतासहितको सूचना जारी गरेपछि वाग्मती प्रदेशको एकान्तकुना, गुर्जुधारा र गण्डकी प्रदेशको पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरूको भीड लाग्न थालेको छ ।
इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारबाही गर्ने विभागको चेतावनीपछि यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको भीड लागेको हो । इम्बोस्ड जडान गर्न दुई दिनसम्म लाग्ने गरेको सर्वसाधारणको गुनासो छ ।

