३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

काँकडभिट्टा नाका बन्दपछिका १३ तस्बिरहरु

शब्द/तस्बिर : पर्वत पोर्तेल

काँकडभिट्टा — शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबार मध्यरातिदेखि भारतसँगको खुला नाका ७२ घण्टाका लागि सिल गरिएको छ । नाका ठप्प हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । नेपाल–भारत सीमा सहर काँकडभिट्टा नाकामा बिहीबार अपराह्नसम्म भारतबाट आउने यात्रु र भारततिर जाने यात्रु तथा सर्वसाधारणको बाक्लो भीड लाग्यो ।

प्रहरीका अनुसार बिहीबार करिब ३ हजार प्रवासी नेपाली यो नाकाबाट प्रवेश गरेका छन् । करिब एक हजार जति भारतीय पारि गएका छन् । प्रहरीका अनुसार भारतबाट आउने अधिकांश नेपाली मतदाता छन् भने भारत जानेमा सेनाका जागिरे, विद्यार्थीलगाययत छन् । धेरैजसो भारतीयहरु घर फर्किएका छन् । खासगरी चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न नेपाल र भारत दुवै देशको प्रशासनले पश्चिम बंगाल र बिहारसँग सीमा जोडिएका नाका ७२ घन्टा बन्द गर्ने सहमति गरेका थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले नेपाली परिचयपत्र वाहक यात्रुहरुलाई मात्रै प्रवेश गर्न दिइएको बताए । ‘नेपाल आउनेलाई नेपाली नागरिकता तथा परिचय खुल्ने कागजातका आधारमा प्रवेश गर्न दिइएको छ’, उनले भने,‘भारततिर जानेलाई त्यतैको परिचय पत्रका आधारमा पठाइएको छ। ’प्रशासनले खासगरी भारतवाट आउने यात्रुलाई विशेष निगरानी गरेको छ । नाका बन्दका कारण मेची भन्सार र भद्रपुर भन्सार कार्यालयको आयात निर्यातसमेत ठप्प छ । नेपाली तथा भारतीय बजारसमेत निर्वाचनका कारण सुनसान छन् ।


प्रकाशित : वैशाख २८, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्