कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता इकान्तिपुरमा धार्मिक र पर्यटकीय स्थलहरुका तस्बिरले प्राथमिकता पाएका छन् । बौद्धनाथ स्तूप, खोटाङको हलेसी महादेव, चितवनको सौराहालगायत क्षेत्रका तस्बिर छापिएका हुन् । त्यस्तै राजधानीको कलंकीस्थित सडक किनारको नालीमा रहेको धारामा पानी थाप्दै गरेका स्थानीय, कपिलवस्तुमा वसन्त ऋतुसँगै फलेको फूलले दिल बनाएर नागरिक रमाउँदै गरेका तस्बिरले पनि स्थान पाएका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गेलवार गाउँ नजिकै वसन्त ऋतुसँगै फुलेको फूलले दिल बनाएर रमाउँदै । तस्बिरः मनोज पौडेल/कान्तिपुर

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा दर्शनको लागि दर्शनार्थी बोकेर ल्याइएका सवारी साधन । तस्बिरः आश गुरुङ/कान्तिपुर

सुर्खेतस्थित भेरीगंगानगरपालिका–५, कालीदमारमा संचालित दिअर्गानिक भ्यालीमा सुकाएका अदुवाका प्रशोधित चाना । यो फर्मले डोटी, सुर्खेत, पश्चिम रुकुम र सल्यान समेतका वार्षिक २३ सय मेट्रिक टन काँचो अदुवा संकलन गरी वर्षेनी १५ करोड रकम बराबरका अदुवाका सुख्खा चाना जर्मन निर्यात गर्दै आएको छ । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

रामनवमीको अघिल्लो दिन शनिबार खोटाङको हलेसी महादेव गुफा मन्दिरमा भक्तजनहरुको भीड । तस्बीर : कुम्भराज राई/कान्तिपुर

बौद्धनाथ स्तुपास्थित शेनचेन मोनास्ट्रीमा पारम्परिक 'चामनृत्य’गर्दै । तस्बिर : दीपेन्द्र रोका/कान्तिपुर

राजधानीको कलंकीस्थित सडक किनारको नालीमा रहेको धारामा पानी थाप्दै स्थानीय । तस्बिर : दीपक केसी/कान्तिपुर


प्रकाशित : वैशाख ३, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्