काठमाडौँ — यो साता इकान्तिपुरमा धार्मिक र पर्यटकीय स्थलहरुका तस्बिरले प्राथमिकता पाएका छन् । बौद्धनाथ स्तूप, खोटाङको हलेसी महादेव, चितवनको सौराहालगायत क्षेत्रका तस्बिर छापिएका हुन् । त्यस्तै राजधानीको कलंकीस्थित सडक किनारको नालीमा रहेको धारामा पानी थाप्दै गरेका स्थानीय, कपिलवस्तुमा वसन्त ऋतुसँगै फलेको फूलले दिल बनाएर नागरिक रमाउँदै गरेका तस्बिरले पनि स्थान पाएका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गेलवार गाउँ नजिकै वसन्त ऋतुसँगै फुलेको फूलले दिल बनाएर रमाउँदै । तस्बिरः मनोज पौडेल/कान्तिपुर
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा दर्शनको लागि दर्शनार्थी बोकेर ल्याइएका सवारी साधन । तस्बिरः आश गुरुङ/कान्तिपुर
सुर्खेतस्थित भेरीगंगानगरपालिका–५, कालीदमारमा संचालित दिअर्गानिक भ्यालीमा सुकाएका अदुवाका प्रशोधित चाना । यो फर्मले डोटी, सुर्खेत, पश्चिम रुकुम र सल्यान समेतका वार्षिक २३ सय मेट्रिक टन काँचो अदुवा संकलन गरी वर्षेनी १५ करोड रकम बराबरका अदुवाका सुख्खा चाना जर्मन निर्यात गर्दै आएको छ । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर
रामनवमीको अघिल्लो दिन शनिबार खोटाङको हलेसी महादेव गुफा मन्दिरमा भक्तजनहरुको भीड । तस्बीर : कुम्भराज राई/कान्तिपुर