यो मर्यादित संसद् हो ?

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधिसभामा अघिल्लो बैठकबाटै अवरोध गर्दै आएको एमालेले शुक्रबार झन् बढी आक्रोश व्यक्त गर्‍यो । एमाले सांसदहरुले चर्को नाराबाजी गरे । यही बीचमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिस्थापन विधेयक पेस गर्न अनुमति दिए । त्यसक्रममा एमाले सांसदहरूको आक्रोशको मात्रा झन् झन् चुलिँदै गयो । केही सांसद् रोस्ट्रम चढ्न खोजे । मयर्दापालकसँग घम्साघम्सी चल्यो । एमाले सांसद रेखाकुमारी झाले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन् । संसद्‌भित्रको दृश्यलाई ईकान्तिपुरकर्मी अंगद ढकालले यसरी कैद गरेका छन् ।


प्रकाशित : भाद्र २५, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्