अलबिदा नविन्द्रराज जोशी

तस्बिर : दीपक केसी

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली दिनका लागि राखिएको छ । मस्तिष्कघात भइ एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका थिए । जोशीको आजै अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

नेता जोशीलाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा,अर्जुननरसिंह केसी,मिनेन्द्र रिजाल,प्रकाशशरण महत,गगन थापालगायतका नेताहरु सानेपा पुगेका थिए । यस्तै,अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल,एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ,माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले नेता माधवकुमार नेपाल,एमाले नेता रघुजीपन्त लगायतका नेताहरुले जोशीलाई श्रद्धाञ्जली दिएका थिए ।

यस्तै, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघका पूर्वमहामन्त्री, काठमाडौंमा पूर्वउपमेयर, संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको मर्माहत र स्तब्ध भएको कांग्रेसले जनाएको छ ।

त्यस्तै जोशीप्रति सम्मान प्रकट गर्दै चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् । त्यस्तै चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि कांग्रेसले निर्णय गरेको छ । जोशीको १३ औँ दिनको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गरिने पनि कांग्रेसले जनाएको छ ।


प्रकाशित : चैत्र १४, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्

वायु प्रदूषणबाट जोगिन के गर्ने ?

हानिकारक वायु प्रदूषणबाट जोगिन यी कुरामा ध्यान दिनुहोस् :
कान्तिपुर संवाददाता

काठमाडौँ — केही दिनदेखि काठमाडाैं उपत्यकासँगै देशका विभिन्न भू–भागको आकाशमा प्रदूषित वायु छाएको छ । केही दिन अघिदेखि नै सर्वसाधारणहरु खराब वायुका कारण स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिएको बताउन थालेका छन् ।

तस्बिर : दिपेन्द्र रोक्का

मानिसहरुमा आँखा पोल्ने, टाउको दुख्ने, टाउको झुम्म बनाउने समस्या देखिएको छ । यतिमात्र नभएर केहीमा घाँटी दुख्ने, खकार जमेको जस्तो लाग्ने, टन्सिल भएको जस्तो हुने, नाक पोल्ने र चिलाए जस्तो हुने लक्षण देखिएको पाइएको छ ।

यी सबै प्रदूषित वायुबाट सिर्जित समस्या हुन् ।

प्रदूषित हावामा विभिन्न खालका हानिकारक ग्यास हुन्छन् जस्तै हाइड्रोजन क्लोराइड, कार्बन मोनोअक्साइड, ओजोन, लिड, नाइट्रोजोन डाइअक्साइड, सल्फर डाइअक्साइड आदि । यसले स्वासप्रश्वासमा कठिनाइ हुनुका साथै स्वास्थ्यमा नकरात्मक असर पार्न सक्छ । फोक्सो, एलर्जी र मुुटुका रोगका समस्या भएका व्यक्तिहरु सजग रहनुपर्छ ।

हानिकारक वायूबाट बच्न के गर्ने?

  • सम्भव भएसम्म घरमै बस्ने ।
  • घरबाहिर निस्किन परे गुणस्तरीय मास्क लगाउने ।
  • प्रदूषण अत्यधिक भएका बेला बाहिर धेरै हिँडडुल नगर्ने । बालबालिकाहरुलाई पनि बाहिर धेरै खेल्न नदिने ।
  • फोहोर तथा दाउरा नजलाउने ।
  • बढी भीड तथा जाम भएको ठाउँतिर नजाने । प्रदूषित जस्तो नदेखिए पनि ती स्थानमा हानिकारिक रासायनिक पदार्थ प्रवाह भइरहेको हुन्छ ।

सम्बन्धित समाचारहरु :

प्रकाशित : चैत्र १४, २०७७ १४:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×