कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झरीको परवाह नगरी डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

तस्बिर : केशव थापा

काठमाडौँ — जुम्लाबाट म‌ंगलबार काठमाडौं आइपुगेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । केसीको 'फेसमास्क' पहिरिएर सडकमा उत्रिएका युवाहरुले केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने प्लेकार्ड बोकेका थिए । कुनै नाराबाजी नगरी दर्के पानीमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

जुम्लामा १९ औं अनशन थालेका डा. केसी काठमाडौंमै अनशन जारी राख्ने गरी मंगलबार काठमाडौं आइपुगेका थिए । तर, टिचिङ अस्पताल जान खोजेका केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । उनले त्यहाँ उपचार लिन अस्वीकार गरेका छन् । सोलिडारिटी फर डा. गोविन्द केसी समूहले गरेको प्रदर्शनमा युवाहरुले झरीको पर्वाह नगरी सडकमा बसेर प्रदर्शन गरेका थिए ।


प्रकाशित : आश्विन ६, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्