बाढीले पूर्व-पश्‍चिम राजमार्ग जलमग्‍न, यातायात अवरुद्ध (तस्बिरहरु)

शिव पुरी

रौतहट — लगातारको वर्षाले  रौतहटको चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको लच्का खण्ड जलमग्न भएको छ । सडक जलमग्न भएपछि शुक्रबार बिहान केहीबेर यातायात अवरुद्ध भएको थियो । अहिले ठूला सवारी साधनलाई पालैपालो पास गराइएको छ । साना गाडी र मोटरसाइकललाई भने आवतजावत गर्न गाह्रो भएको छ ।  इलाका प्रहरी चन्द्रपुर, जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले ठूला गाडीलाई पालैपालो गरी पास गराउन थालेको छ । 


प्रकाशित : असार २६, २०७७ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्