'टाइम कार्ड' लागू गरिएपछि काठमाडौंका सडकमा जाम
काठमाडौँ — चैत ११ देखि थालिएको लकडाउनको ४७ औं दिन आइतबारदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि 'टाइम कार्ड' लागू गरेको छ । आइतबार बिहानै सडकमा यसको प्रभाव पनि देखियो । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन ।
