काठमाडौँ — बजेट अधिवेशनबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद् भवन निरीक्षण गरेका छन् । बुधबार बिहान सभामुख सापकोटासँग भएको भेटमा संसद् भवनमा सांसदहरूलाई बस्ने व्यवस्था कस्तो छ भन्नेबारे प्रधानमन्त्रीले चासो राखेका थिए ।
सांसदहरूलाई दूरी कायम गरेर बस्ने व्यवस्था गरिएको छ । सरसफाइ र आवतजावतका क्रममा पनि ध्यान दिइनेबारे पर्याप्त व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी पनि संसद् भवनमा जानुपर्ने हुन्छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट संसद्मा पेस गर्नुपर्ने हुन्छ । सरकारले बजेट निर्माणको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

