कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट अधिवेशनका लागि संसद् भवनमा यस्तो छ तयारी [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — बजेट अधिवेशनबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद् भवन निरीक्षण गरेका छन् । बुधबार बिहान सभामुख सापकोटासँग भएको भेटमा संसद् भवनमा सांसदहरूलाई बस्ने व्यवस्था कस्तो छ भन्नेबारे प्रधानमन्त्रीले चासो राखेका थिए ।

सांसदहरूलाई दूरी कायम गरेर बस्ने व्यवस्था गरिएको छ । सरसफाइ र आवतजावतका क्रममा पनि ध्यान दिइनेबारे पर्याप्त व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी पनि संसद् भवनमा जानुपर्ने हुन्छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट संसद्‍मा पेस गर्नुपर्ने हुन्छ । सरकारले बजेट निर्माणको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँगै संसद भवनको व्यवस्था हेर्न सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसद सचिवालयका पदाधिकारीहरू संसद् भवन निरीक्षण गर्न पुगेका थिए ।


प्रकाशित : वैशाख १७, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्