२०७२ को भुईंचालोको सम्झना [तस्बिरमा]

वैशाख १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — विनाशकारी भूकम्प गएको शनिबार ५ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो ।

२०७२ वैशाख १२ गते शनिबार ११: ५६ मा भूकम्पले धरहरा भत्किएपछि त्यहाँ पुरिएकालाई उद्धार गरिँदै
२०७२ वैशाख १२ गते शनिबार ११: ५६ मा भूकम्पले धरहरा भत्किएपछि त्यहाँ पुरिएकालाई उद्धार गरिँदै

बारपाक केन्द्रबिन्दुबाट जमिनमुनि करिब १०–१५ किलोमिटरभित्र भूकम्प सिर्जना हुुँदा हिरोसिमामा गरिएको ३३५ वटा एटोमिक बम बराबरको शक्ति जमिनभित्र तरङ्गको रुपमा चारैतिर फैलिन पुगेको विज्ञहरु बताउँछन् । १९९० सालपछि २०७२ सालको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गऱ्यो ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबार
भूकम्पले क्षतिग्रस्त सिंहदरबार

०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो । त्यस्तै २३ हजार ३ सय ३ जना घाइते भएका थिए । त्यस्तै करोडौंको भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्तै ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक देवालय पनि भुईंचालोले ध्यवस्त बनाएको थियो । भुईंचालोले त्यति ठूलो क्षति पुऱ्याउँदासमेत अझै पनि भौतिक संरचना निर्माणमा सावधानी अपनाएको पाइँदैन ।

भूकम्पले क्षतिग्रस्त भएको बाह्रबिसे बजारको हवाई दृश्य
भूकम्पले क्षतिग्रस्त भएको बाह्रबिसे बजारको हवाई दृश्य
गो‌ंगबुमा उद्धारमा स‌ंलग्‍न विदेशी उद्धारकर्मी
गो‌ंगबुमा उद्धारमा स‌ंलग्‍न विदेशी उद्धारकर्मी
भूकम्पमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै
भूकम्पमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै
भूकम्पपछि चिराचिरा परेको काठमाडौंको नाङ्लेभारेस्थित सडक
भूकम्पपछि चिराचिरा परेको काठमाडौंको नाङ्लेभारेस्थित सडक
भूकम्पपछि राहत तथा उद्धारका लागि आएका विभिन्‍न देशका कार्गो विमानहरु
भूकम्पपछि राहत तथा उद्धारका लागि आएका विभिन्‍न देशका कार्गो विमानहरु
भूकम्पले तीनकुनेस्थित कार्यालयमा क्षति पुगेपछि सडकमै बसेर समाचार प्रसारण तथा सम्पादन गर्दै कान्तिपुर टेलिभिजनका पत्रकारहरु
भूकम्पले तीनकुनेस्थित कार्यालयमा क्षति पुगेपछि सडकमै बसेर समाचार प्रसारण तथा सम्पादन गर्दै कान्तिपुर टेलिभिजनका पत्रकारहरु
भूकम्पले तीनकुनेस्थित कार्यालयमा क्षति पुगेपछि सडकमै बसेर अपडेट गर्दै कान्तिपुर अनलाइनका पत्रकारहरु
भूकम्पले तीनकुनेस्थित कार्यालयमा क्षति पुगेपछि सडकमै बसेर अपडेट गर्दै कान्तिपुर अनलाइनका पत्रकारहरु
जोरपाटीमा भूकम्पले भत्काएको घर
जोरपाटीमा भूकम्पले भत्काएको घर
भूकम्पले क्षति पुर्‍याएको बसुन्धरास्थित होराइजन अपार्टमेन्ट
भूकम्पले क्षति पुर्‍याएको बसुन्धरास्थित होराइजन अपार्टमेन्ट
धुलिखेलमा खानाको लाइनमा बस्दै भूकम्पपीडित
धुलिखेलमा खानाको लाइनमा बस्दै भूकम्पपीडित

सबै तस्बिर : कान्तिपुर फोटो विभागको अर्काइभबाट

कान्तिपुर

Link copied successfully