काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन देशभर गरिएकाे लकडाउन आइतबार २० दिन पुगेको छ । लकडाउनका कारण मानिस घरबाट बाहिर निस्कन पाएका छैनन् । अत्यावश्यक काममाबाहेक बाहिर निस्कनेलाई प्रहरीले पक्राउ गरेर २ घण्टा उभ्याउने गरेको छ । तर आइतबार बिहान बल्खु फलफूल तथा तरकारी बजारमा पुग्दा भने फरक दृश्य देखियो ।
कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि उक्त तरकारी बजारमा त्यसको पालना भएको देखिएन । बजार बिहान १ बजेदेखि खुल्ने एक व्यापारीले बताए । बिहान १ बजे खुल्ने बजार ७ बजे बन्द हुने गर्छ।

