२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एक सिंगे गैंडा हेर्न चितवन राष्ट्रिय निकुञ्ज [तस्बिरहरु]

नारायण शर्मा

नवलपरासी — असोज/कात्तिक घुम्न राम्रो मौसम मानिन्छ । त्यसैले चितवनको सौराह र नवलपरासीको अमलटारी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्छ । चितवन राष्ट्रिय निकुन्जले गैंडाको आहाराकोलागि घासे मैदान र आहाल खेल्न ताल निमार्ण गरेपछि त्यहाँ गैंडाका बथान देखिने गरेको छ ।

गत साता निकुन्जको नवलपरासीको अमलटारी क्षेत्रमा देखिएका हुन् यी गैंडा । निकुन्ज भित्र गैंडा चर्न १० हजार हेक्टरमा घासे मैदान छ । निकुन्जमा एक सिंगे गैंडा हेर्न स्वदेशी/विदेशी पर्यटक बाक्लै आउने गरेका छन् । गत साउनयता ३२ हजार पर्यटकले निकुन्ज भ्रमण गरेका छन् । चितवन र कसरा क्षेत्रमा भीडभाड बढ्दै गएका कारण गैंडाको बथान नवलपरासी क्षेत्रमा पर्ने अमलटारी आसपासमा धेरै देखिने गरेको छ ।

तस्बिर सौजन्यः डिबि चौधरी ( नवलपरासी)

प्रकाशित : कार्तिक १३, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्