बागमती सफाइ कहिले ? 

बागमती नदीमा हरेक हप्ता सफाइ अभियान भए पनि फोहरको समस्या समाधान भएको छैन। विश्व बैंकको सहयोगले पनि सुधार आउन सकेन।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Bagmati cleanup when?

काठमाडौँ — बागमती सफा मात्र गर्ने कि सफा पनि हुन्छ भन्ने प्रश्न उब्जिएको छ । विगत लामो समयदेखि बागमती सफाइ अभियान चलाएका छन् अभियन्ताहरूले तर बागमती सफाइ भने कहिल्यै भएजस्तो लाग्दैन ।

बागमती हो कि ढलमती हो भन्ने अवस्था छ । नयाँ पुस्ताले बागमती भनेको ढल बगाउने ठाउँ रहेछ भनेर बुझिरहेका छन् ।

हरेक हप्ता बागमती सफाइ गरिएको छ । नेताहरू डोको समातेर फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् तर बागमती कहिल्यै सफा भएन । 

०४५/४६ सालतिर बागमतीको पानी हामीले नै हात थापेर खाने गरेको याद आउँछ । अहिले बागमती करिडोरमा हिँड्दासमेत वाक्वाक् आउँछ । बिहान पख हिँडडुल गर्दा बागमतीमा ढल गनाएर हिँड्नै सकिँदैन । यसको निवारण के होला भनेर सोच्ने कि भाषण मात्रै गर्ने ? 

विश्व बैंकले प्रशस्त पैसा दिएको छ, बागमती सफाइ तथा करिडोर बनाउन । स्थानीय नगरपालिकाहरूले पनि सहयोग गरेका छन् । तर बागमती कहिल्यै सफा भएन । आखिर किन ? बागमती किनारलाई हरियाली बनाउने भनेर कहिले रुख रोपेका छन्, कहिले दुबो रोपेका छन् तर त्यसको संरक्षण भएको छैन ।

बागमतीमा देखिएको सबभन्दा ठूलो समस्या भनेको फोहरको ढल मिसाउनु हो । यसलाई नियन्त्रण नगरुन्जेल जति नै सफाइ अभियान चलाए पनि बागमती सफा हुँदैन । –पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

कान्तिपुर

Link copied successfully