सुरेन्द्र पाण्डेको तर्क दमदार

श्रावण १२, २०८२

पाठक पत्र

Surendra Pandey's argument is strong

नेपालको संविधान र नेकपा (एमाले) को विधानमा राष्ट्रपतिको पदमा जानेले पुनः पार्टी राजनीति गर्न मिल्ने छैन भनेर लेखेको भए त्यो पदमा जान चाहनेले ५ पटक सोचेर मात्र जाने थिए भन्ने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको तर्क दमदार लाग्यो ।

कान्तिपुरमा आइतबार प्रकाशित अन्तर्वार्तामा पाण्डेले योगेश भट्टराई र रूपनारायण श्रेष्ठलाई पनि एमाले पार्टीले कुनै बेला सदस्यबाटै हटाएको प्रसंग उल्लेख गर्दै तर आज उनीहरू दुवै एमालेमा रहेको तर्क दिँदै समय र परिस्थितिले को कहिले कता त को कता हुनु स्वाभाविकै भएको बताएका छन् । यस्ता कुरालाई राजनीतिक रूपमै मिलाउनुपर्ने पाण्डेको भनाइ सान्दर्भिक लाग्यो । अरू पदमा ‘एडजस्ट’ हुन चाहेको भए पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने तर अध्यक्षमै प्रतिस्पर्धा गर्ने भएकाले सदस्यतासमेत नदिने गरी व्यवहार भएको उपाध्यक्ष पाण्डेको तर्क महत्त्वपूर्ण छ । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन निषेध गर्ने गरी एमालेले जुन निर्णय गरेको छ, त्यसलाई किमार्थ सही मान्न सकिँदैन । यो त प्रथम दृष्टिमै कानुनविपरीत कुरा हो । 

गोपाल देवकोटा, कामनपा–७ चाबहिल, काठमाडौं

पाठक

Link copied successfully