अघिल्लो आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ । स्थानीय बजारमा महँगी अर्थात् मुद्रास्फीति घटेको देखिएको छ । तर स्थानीय बजारमा खासगरी उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च देखिएको छ ।
बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तु सबैको मूल्य बढेको छ । पेय पदार्थ समूह र उपसमूहमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचक १० दशमलव शून्य ६ प्रतिशत, गैर मदिराजन्य पेय पदार्थको ५ दशमलव १३ प्रतिशत र दाल तथा गेडागुडीको २ दशमलव ८५ प्रतिशतले मूल्य बढेको छ । तर तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचक ७ दशमलव ४ प्रतिशत, मरमसलाको ३ दशमलव ६ प्रतिशत र माछा तथा मासुको २ दशमलव ९१ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचक ९ दशमलव ४३ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा महँगी २ दशमलव ७३ प्रतिशत, तराईको २ दशमलव ५८ प्रतिशत, पहाडको २ दशमलव ४८ प्रतिशत र हिमालको ४ दशमलव १८ प्रतिशत रहेको छ । यस्तो चित्रण सुधार्न आर्थिक सुधारात्मक कदम चाल्न आवश्यक छ ।
- डा.सुमनकुमार रेग्मी, पूर्वतथ्यांकशास्त्री, थापाथली
