जसरी पनि दाहाल नै ‘हिरो’

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Anyway, Dahal is the 'hero'.

What you should know

काठमाडौँ — पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘१७ हजारको दाग’ त जसले पनि लगाउँछन् नै । तर त्यसलाई क्रान्ति र संविधानसँग साटिसकियो । गणतन्त्र, संघीयता, समावेशी सबै माओवादीले उठाएकै एजेन्डाअनुसार देश चलेको छ । झूटो र भ्रामक कुरा बोलेर फाइदा लिनु अनि कहिले कांग्रेससँग मिलेर र कहिले एमालेसँग मिलेर प्रधानमन्त्री बन्नु उहाँको ‘विशेष खुबी’ ठानिसकियो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘१७ हजारको दाग’ त जसले पनि लगाउँछन् नै । तर त्यसलाई क्रान्ति र संविधानसँग साटिसकियो । गणतन्त्र, संघीयता, समावेशी सबै माओवादीले उठाएकै एजेन्डाअनुसार देश चलेको छ । झूटो र भ्रामक कुरा बोलेर फाइदा लिनु अनि कहिले कांग्रेससँग मिलेर र कहिले एमालेसँग मिलेर प्रधानमन्त्री बन्नु उहाँको ‘विशेष खुबी’ ठानिसकियो । 
जहाँ सबै कमसल हुन्छन्, त्यहाँ तीमध्येकै ‘असल कमसल’ छान्नुको विकल्प रहँदैन जनतासँग । माओवादीका सम्बन्धमा पनि जनताका लागि यस्तै परिस्थितिको सिर्जना भएको छ । कांग्रेस, एमालेजस्ता पुराना राजनीतिक पार्टीले देश र जनताको पक्षमा राम्रा काम गरेर सुशासन दिन सकेका भए माओवादीले कहिल्यै मौका पाउने थिएन । अझै पनि ती दुवै पार्टीलाई त्यो ‘सुनौलो मौका’ छँदै छ । तर तिनीहरूको प्रवृत्ति हेर्दा ‘कुनै विशेष धक्का’बिना चेत पलाउलाजस्तो छैन । 
संविधान संशोधन गर्ने भनेर एक वर्षअघि बनेको यो सरकारले त्यस विषयमा कुरा उठाउन चाहेकै छैन । यसबीचमा विज्ञहरूले दिएका अमूल्य सुझाव सबै मूल्यहीन भएका छन् । स्वतन्त्र नागरिकले दिएका सुझाव जस्तै मूल्यवान् भए पनि त्यसको कुनै वास्ता नगरिने प्रचलन सुशासन मन नपराउने सरकारको विशेषता नै हो । यो अवस्थामा फेरि पनि उनै पुष्पकमल दाहालले संविधान संशोधनका लागि शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामांकन, प्रदेशको सीमांकन/पहिचान र अधिकारको सम्बोधन, वित्तीय संघीयता, अझ राम्रो समावेशिता, सामाजिक न्यायमा थप व्यवस्था गरी सात बुँदा अघि सारेका छन् । संविधान जारी हुँदा नै आफूले फरक मत राखेको कुरा पनि सम्झाएका छन् । जनतामाझ घोर निराशा र आक्रोश भरिएको यो अवस्थामा संशोधन नगरी धरै छैन । त्यसैले परिस्थितिले फेरि पनि पुष्पकमल दाहाललाई नै हिरो बनाउने भयो ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

कान्तिपुर संवाददाता

Link copied successfully