बालेन कमजोर हुँदा राजधानीको मुहार फेरिँदैन

असार २४, २०८२

पाठक पत्र

The face of the capital does not change when Balen is weak

यसपालि अहिलेसम्म काठमाडौं महानगरपालिकाको बजेट प्रस्तुत हुन सकेको छैन । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको टकरावले यसपालि समयमै बजेट आउन नसकेको हो ।

महानगरको बजेट समयमा नआउँदा केन्द्र सरकार र प्रदेश सरकारलाई कुनै असर नपर्ला तर राजधानीवासीलाई निकै असर पर्छ । राजधानीको रूपरंग र मुहार फेर्ने काममा ठूलो बाधा पुग्छ । यसको जिम्मा कसले लिने ? 

राजधानीका जनताले बालेन शाहलाई भारी मत दिएर मेयरमा निर्वाचित गरेका हुन् । र, उनीप्रति राजधानीवासी आशावादी छन् । बालेनलाई कमजोर पार्नु भनेको राजधानीको विकास निर्माण अवरुद्ध गर्नु हो भन्ने बुझाइ मजस्तै काठमाडौंका आमजनतामा छ । 

अहिले पनि बालेनको काम गर्ने उत्साहमा खासै कमी आएको छैन । हालै विशालबजार, इन्द्रचोकको फुटपाथ फराकिलो पारेर उनले जनताको मन जितेका छन् । राजधानीलाई सफासुग्घर राख्न बालेनले गरेका प्रयास सराहनीय छन् । 

गोपाल देवकोटा, कामनपा–७, चाबहिल

पाठक

Link copied successfully