कतिन्जेल बोकिरहने 'झोले' मानसिकता ?

असार २४, २०८२

पाठक पत्र

How long to carry the 'bag' mentality?

कान्तिपुरमा प्रकाशित गायत्री लम्सालको ‘झोले मानसिकता र गिर्दो नैतिकता’ आलेखले नेपाली समाजको एक तितो सत्यलाई उजागर गरेको छ ।

आफूबाहेक अरूलाई राम्रो मान्न र देख्न नसक्ने, सधैं आफ्नो फाइदामात्र खोज्ने र अरूको प्रगति देख्नै नसक्ने प्रवृत्तिको बडो सरल र सरस भाषामा आलोचना गरिएको रहेछ । शैक्षिक योग्यता कमजोर भए पनि चाप्लुसी गरेर जागिर खाने र उच्च पदमा पुग्ने प्रवृत्तिले सक्षम व्यक्ति पछाडि परिरहेका छन् । सरकारी ढिलासुस्ती र कर्मचारीतन्त्रमा व्याप्त नैतिक पतनले नागरिकले सामान्य सेवा पाउन पनि सास्ती भोग्नुपरेको छ । यो ‘झोले मानसिकता’ ले नेतृत्व वर्ग, कर्मचारीतन्त्र, निजी क्षेत्र र नागरिक समाज सबैतिर नराम्ररी प्रभाव पारेको छ ।

वास्तवमा हामीले ‘आफूलाई मात्रै ठीक’ ठान्ने र ‘अरूलाई दोष दिने’ प्रवृत्ति नत्यागेसम्म ‘झोले मानसिकता’ लाई पछ्याइरहनेछौं । जबसम्म यसबाट बाहिर निस्किँदैनौं, वास्तविक विकास र सुशासनको कल्पना पनि गर्न सकिँदैन । सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने यो लेखका लागि लम्सालजीलाई धेरै धेरै साधुवाद । 

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक

Link copied successfully