कृषि बजेट युवा लक्षित कहिले हुने ?

जेष्ठ २३, २०८२

पाठक पत्र

When will the agricultural budget target the youth?

कृषिप्रधान देश कहिले कृषि उत्पादनमा आत्मनिर्भर होला त ? अहिले देशको मुख्य व्यापार घाटा नै खाद्यान्न आयातसँग सम्बन्धित छ ।

चामल, गहुँ, मकै, तरकारी दैनिक उपभोग्य वस्तुमा नै हाम्रो मुख्य व्यापार घाटा देखिएको छ । कृषिकर्म गर्न कसैले पनि चाहिरहेका छैनन् । जो गरिरहेका छन्, उनीहरू पनि राज्यसँग निराश छन् ।

वर्तमान युवा जनशक्ति कृषि पेसा गर्न चाहेर पनि उत्पादनको लागत मूल्य, बिचौलियाको बिगबिगी, देशमा नै उत्पादन हुँदाहुँदै आयातलाई नरोक्नु, बजारको असहजताले किसान निराश छन् । हरेक वर्ष आउने कृषि बजेटले किन उपलब्धिमूलक नतिजा दिन सकेन भन्ने प्रश्न बारम्बार उठिरहेको छ । किसानलाई राज्यले न समयमा उन्नत मल बीउ दिन सकेको छ, न त किसानको उत्पादनलाई उचित व्यवस्थापन नै गरेको छ ।

रामेश्वर बासी, चाँगुनारायण–९ ताथली, भक्तपुर

पाठक

Link copied successfully