बन्दीपुरमा हलिउडको चलचित्र छायांकन हुन लागेको कुराले खुसी लाग्यो । तर, बन्दीपुरलाई बन्दीपुर नभएर सन् १९५३ तिरको भारतको दार्जिलिङ सहरका स्वरूपमा देखाइन लागेको देखेर यहींको बासिन्दाका नाताले मन कताकता कुँडिएर आयो ।
अब त्यो फिल्म हेर्दा मैले वा हामीले हाम्रो सुन्दर बन्दीपुरलाई दार्जिलिङ मान्दिनुपर्ने ? यो त बन्दीपुरमाथिकै अन्याय होइन र ? यस हिसाबले त अन्तर्राष्ट्रिय दर्शकका लागि बन्दीपुरको नाम बेचेर दार्जिलिङको प्रवर्द्धन गरेजस्तो भयो । बन्दीपुरको आफ्नै मौलिकता र पहिचान छ, यसरी बन्दीपुरलाई प्रयोग गरिदिनु भएन । बन्दीपुरलाई बन्दीपुर नै रहन दिऊँ, दार्जिलिङ नबनाऔं ।
– विज्ञानलाल श्रेष्ठ, हाल: नारायणघाट, चितवन
