जन्मसिद्ध श्रेष्ठता अहंकारको खोल

जेष्ठ ८, २०८२

पाठक पत्र

A shell of innate superiority ego

कान्तिपुरमा प्रकाशित रश्मि आचार्यको लेख समय सान्दर्भिक लाग्यो । उनले पूर्वराजा ज्ञानेन्द्र शाहका सम्बन्धमा भनेका कुरा शतप्रतिशत सही छन् ।

भोजपुरीमा एउटा उखान छ– उँचा चढके देखा, सब घर एके लेखा । मतलब गहिराइमा हेर्दा सबै एकजस्तै हुन्छन् । जन्मसिद्ध श्रेष्ठता केवल अहंकारको एउटा खोल हो, जसभित्र एक क्षुद्र मनुष्य लुकेको हुन्छ । जसरी बाघको खोल ओढेर एउटा गधा बाघ हुँदैन, त्यस्तै श्रेष्ठताको खोल ओढेर कोही श्रेष्ठ हुँदैन । लेखकले ठीकै भनेका छन् कि पृथ्वीपथको मतलब सक्रिय राजतन्त्रको कुरा हो, संवैधानिक राजतन्त्रको होइन । त्यसको सपना दोस्रो दर्जाको राजाले देख्दै छन् जबकि पहिलो दर्जाका राजाले त्यसलाई छोडिसकेका थिए ।

पूर्वराजालाई उचाल्ने उनका सेना त कुनै कामका छैनन् नै, स्वयं ज्ञानेन्द्र शाह पनि कुनै कामका छैनन् । कुनै बाहिरी शक्तिले उनलाई गद्दीमा बसालिदिए पनि उनी आफ्नो घर सम्हाल्न योग्य छैनन् । त्यो त विगतले पनि देखाइसकेको छ ।

डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

पाठक

Link copied successfully