संघर्षशील विद्या

जेष्ठ ७, २०८२

पाठक पत्र

Struggle Vidya

कान्तिपुरमा प्रकाशित ‘आमा बनेपछि आमा बुझेकी विद्या’ आलेख पढेपछि पूर्वमन्त्री विद्या भट्टराईले भोगेको संघर्षमयी जीवनकथाले मन छोयो ।

बाल्यकालमै निमोनिया र चार तल्ला माथिबाट लडेर पनि बाँचेकी उनी आफैंमा संघर्षको प्रतिमूर्ति हुन् भन्दा अत्युक्ति नहोला । तर, तिनै भट्टराईप्रति हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको टिप्पणी सम्झँदा मन भक्कानिएर आयो । आफैंले मन्त्री बनाएको व्यक्तिलाई ‘उनी त मन्त्रीका लागि योग्य रहिनछिन्’ भन्नुजस्तो विडम्बना अरू के होला ? त्यसमाथि आफ्नै पार्टीको सांसदलाई त्यो हदसम्मको अपमान गर्नु भनेको चानचुने कुरा होइन । ‘मैले जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ भन्ने अहं र मपाइँत्वले प्रधानमन्त्री ओलीलाई गाँजेजस्तो छ । उनलाई यसरी मैमत्त बनाउनेमा उनका आसोपासेका साथसाथै कांग्रेस सभापति शेरबहादुर देउवाको पनि ठूलो हात छ ।

गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully