कृषि सम्मानित र मर्यादित पेसा कहिले बन्छ

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

When will agriculture become a respectable and dignified profession?

काठमाडौँ — नेपालको कृषि कहिले मयार्दित र सम्मानित पेसा बन्छ होला । कृषिजन्य वस्तुको आयातले नै देशको अर्थतन्त्र दिन प्रतिदिन नाजुक अवस्थामा पुग्दा पनि आखिर युवा वर्ग वा जो कोही कृषिमा आबद्ध हुन किन चाहँदैन भन्ने कुरामा सरकार कहिले गम्भीर भएको पाइएन । हरेक क्षेत्रमा आयातलाई मात्र प्राथमिकता दिएर राज्यले युवाशक्तिलाई विदेश जान बाध्य पारेको छ ।

नेपालको कृषि कहिले मयार्दित र सम्मानित पेसा बन्छ होला । कृषिजन्य वस्तुको आयातले नै देशको अर्थतन्त्र दिन प्रतिदिन नाजुक अवस्थामा पुग्दा पनि आखिर युवा वर्ग वा जो कोही कृषिमा आबद्ध हुन किन चाहँदैन भन्ने कुरामा सरकार कहिले गम्भीर भएको पाइएन । हरेक क्षेत्रमा आयातलाई मात्र प्राथमिकता दिएर राज्यले युवाशक्तिलाई विदेश जान बाध्य पारेको छ ।
बर्सेनि कृषि उत्पादनको र युवाहरूलाई कृषिमा आकर्षित गर्नका लागि नयाँ कार्यक्रम ल्याए पनि न युवाहरूलाई कृषिमा आकर्षित गर्न सक्यो, न त कृषि उत्पादनमा वृद्धि नै गर्न सकेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत उत्पादनका पकेट क्षेत्र घोषणा गरी कार्यक्रम चलाए पनि कुनै नयाँ उपलब्धि नदेखिएको सर्वविदितै छ । त्यस्तै नयाँ नीति तथा कार्यक्रममा युवा लक्षित उत्पादनलाई पाइलट प्रोजेक्टमार्फत प्रस्तुत गर्न खोजिएको छ, यो पनि कृषिमा क्रान्ति नै ल्याउने कार्यक्रम पक्कै पनि होइन । कतै भोलि पाइलट प्रोजेक्टको रिजल्टमा नै अल्झेर नबस्ला भन्न सकिँदैन । उत्पादनको समय नमिलेको हो कि उत्पादन गर्नै नजानेको हो कि किसानलाई सम्झाउने बुझाउने निकाय कता छ, केही थाहा भएन ।
सरकारको दूरदर्शिता नभएर नै हाल जेनतेन कृषि व्यवसायमा आबद्ध युवाहरू पनि विदेश पलायन हुन बाध्य भएका छन् । उद्यम व्यवसाय गर्न सरकारले जति नै सहुलियत कृषि ऋणको कुरा गरे पनि बैंकहरूले पाँच प्रतिशत पनि कृषि ऋण प्रवाह गरेका छैनन् । त्यसको गुनासो सुन्ने कोही छैन । वास्तविक किसानलाई कृषि ऋण छैन भने पनि हुन्छ । गाडी किन्न वा अन्य काम गर्न ६/७ प्रतिशत ब्याजमा ऋण पाइन्छ, कृषि कर्ममा भने त्योभन्दा धेरै ब्याज लिइएको पाइन्छ ।
रामेश्वर बासी, चाँगुनारायण–९ ताथली, भक्तपुर

कान्तिपुर

Link copied successfully