मुलुकका कुनै पनि निकायमा प्रभावकारी कार्यसम्पादन गर्ने राष्ट्रसेवकलाई बिनाकारण हटाएर विवादास्पद व्यक्तिलाई नियुक्ति दिनु कदापि उचित होइन ।
अहिले त दल र अमूक नेताको नजिक भए अन्य कुनै योग्यता नचाहिने जस्तो भएको छ । कुनै पनि निकायका कुनै पनि पदमा नियुक्त गर्दा प्रतिस्पर्धाका आधारमा गरौं । अधिकतम अंक प्राप्त गर्ने उम्मेदवारलाई छनोट गरौं । लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्थामा दलका आधारमा नियुक्ति दिइनु जस्तो लाजमर्दो र नालायकी निर्णय अरू के हुन सक्ला ? अतः राजनीतिक नियुक्तिबाहेक अन्य ओहदामा नियुक्त गर्दा नियमानुसार विज्ञापन गरी अझ मिलेसम्म लोक सेवा आयोगको प्रतिस्पर्धामा छनोट गरौं ।
- गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची
