बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । यो खुसीको कुरा हो ।
साथसाथै दुःखको कुरा के हो भने बिमस्टेक जगाउँदा वा बचाउँदा त्यसभन्दा धेरै अघि जन्मेको अर्को क्षेत्रीय संस्था सार्क भने मार्नु भएन । विगत ५ वर्षदेखि भारतको असहमतिका कारण सार्कको शिखर सम्मेलन हुन सकेको छैन । पाकिस्तानलाई ओझेलमा पार्न भारत सार्क सम्मेलन नै गर्न चाहिरहेको छैन । यो ‘ओपन सेक्रेट’ जस्तै कुरा हो ।
नेपालले यही बेला आफ्नो भूमिका र क्षमता बढाएर सार्क शिखर सम्मेलनको मिति तोक्न दबाब दिन सक्नुपर्छ । पहिले–पहिले भारतले पाकिस्तानको कारण देखाउँदै बंगलादेशलाई हातमा लिएर सार्क सम्मेलन रोक्दै बिमस्टेकलाई अगाडि बढाउँदै आएको थियो । तर अहिले आएर बंगलादेशमा सत्ता फेरबदल भएपछि र नयाँ सरकार भारतभन्दा पनि पाकिस्तानको निकटमा पुगेपछि भारतलाई ठूलो टाउको दुखाइ भएको छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं
