आन्दोलनमा एक जना पत्रकारलाई आगो लगाइएको घटना निन्दनीय र अमानवीय छ । यो कुनै राजनीतिक संघर्ष होइन, निर्दोष नागरिक र पत्रकारलाई लक्षित गरेर गरिएको हिंसा नै हो ।
नेपाली राजनीति कतातिर जाँदै छ ? जनताको आवाज दबाउन, पत्रकारलाई जलाउने, गोली हान्ने, अश्रुग्यास प्रहार गर्ने— के यही हो लोकतन्त्र ? पत्रकारिता भनेको सत्यको खोजी हो, सत्ता र जनताको बीचको पुल हो । यदि पत्रकार नै असुरक्षित हुन्छन् भने नेपाली जनता कसरी सुरक्षित हुन सक्छन् ?
- बाबुराम शर्मा, बागलुङ बजार, बागलुङ
