हामीलाई चितुवाबाट कसले बचाइदिने ?

फाल्गुन १६, २०८१

पाठक पत्र

Who will save us from the leopard?

करिब एक हप्तादेखि भक्तपुरको सिपाडोलमा चितुवा देखा पर्न थालेको छ । यो समस्या हालै पुनः सुरु भएको हो । यसभन्दा अगाडि केही वर्षअघि यस्तो समस्या सुनिन्थ्यो ।

यस समस्याले गर्दा स्थानीय बासिन्दा चिन्तित भई घाम छँदै ढोका लगाई बस्नुपर्ने बाध्यता आइपरेको छ ।
जाडो महिना भएका कारण बिहान ६ बजे पनि अँध्यारै हुने गर्छ, जसले गर्दा कलेज जाने विद्यार्थी पनि डरैडरमा बस कुरेर बस्न बाध्य छन् । एकान्त बाटो, अँध्यारो वातावरण र बाघको डरले आमाबुबा पनि बिहानै छोराछोरीलाई कलेज पठाउन त्रसित हुने गर्छन् । सहरको नजिकै भए पनि गाउँको वातावरण भएकाले सिपाडोलमा प्रशस्तै घरपालुवा जनावर पालिएका छन् । त्यस्ता घरहरूले अझ बढी बाघको डर भोग्नुपरेको छ । यहाँकी रामकला थापाको घरबाट केही महिनाअघि मात्रै चितुवाले सम्साँझै बाच्छो मारेको थियो । अहिले फेरि चितुवाको आतंक मच्चिँदा सोही समस्या दोहोरिने हो कि भनेर चिन्ता थपिएको छ ।

यस विषयमा सिंगो सूर्यविनायक नगरपालिकाको ध्यान जान निकै हतार भइसकेको छ । यस समस्याप्रति वडा समितिले पनि ध्यान पुर्‍याए वडाबासीको पीर अलिकति भए पनि कम हुने थियो ।

- रोजी बस्नेत, सूर्यविनायक–८, सिपाडोल, भक्तपुर

पाठक

Link copied successfully