हामीकहाँ विज्ञको परिभाषा नै गलत भयो कि । अथवा हामीले कस्ता व्यक्तिलाई विज्ञ भनेर चिनाइरहेका छौं, कतै समस्या यसमै पो छ कि !
योजना, आयोजना र परियोजनामा काम गर्ने व्यक्तिलाई पनि हामीले विज्ञ भनेर सम्बोधन गरिरहेका छौं । पत्रपत्रिकामा पनि विज्ञ भनी उनीहरूकै लेख प्रकाशित हुन्छन् । एसएलसी वा एसईई संस्कृतमा पास गरेर मानवशास्त्रमा आईए गरी विज्ञानमा स्नातक गरेर अनि विद्यावारिधि नेपाली साहित्यमा गरी कुनै आयोजना तथा परियोजना चलाउने व्यक्तिलाई विज्ञ भन्न मिल्ला र ? पशुपतिनाथ मन्दिरमा स्तोत्र, रुद्री, चण्डी आदि ग्रन्थ पाठ गरी मौका मिले केही रकम कमाइ गरिहाल्ने र संस्कृतमा नै उतरमध्यमा, शास्त्री र आचार्य गरी विद्यावारिधि गरी दिवालय, शिवालय, मठमन्दिरको आयोजना तथा परियोजनामा काम गर्नेलाई विज्ञ भन्ने कि नभन्ने ?
डा.सुमनकुमार रेग्मी
कुपण्डोल, ललितपुर
