आमनागरिकप्रति पनि सेना जिम्मेवार बनोस्

फाल्गुन १३, २०८१

पाठक पत्र

The army should also be responsible towards the civilians

हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरेर मनाउने गर्छ ।

उक्त कार्यक्रमको तयारीका समयमा सेनाले उडाउने हेलिकोप्टरले राजधानीको केन्द्र पूरै धूलोले ढाक्छ र सो धूलो पूरै उपत्यकाभरि फैलिन्छ । उसै त अहिले हावाको गुणस्तर कमजोर तथा वातावरण प्रदूषित छ भने त्यसमाथि सेनाले आमनागरिकको स्वास्थ्य प्रतिकूल हुने गरी कार्य गर्दा स्वास्थ्य जोखिम थप बढेको छ । अचम्मको कुरा त के छ भने राज्यका विशिष्ट व्यक्ति सहभागी हुने सेना दिवसकै दिन भने पहिले नै पानी हालेर धूलो नउड्ने बनाइएको हुन्छ । तसर्थ, पहिलेदेखि नै सतर्क रही आमनागरिकप्रति पनि नेपाली सेना जिम्मेवार बनोस् ।

सञ्जय अधिकारी, काठमाडौं

पाठक

Link copied successfully